संविधान संशोधन भएपनि मधेशी मधेशी नै रह्यो, हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन भएन : महन्थ ठाकुर

संविधान संशोधन भएपनि मधेशी मधेशी नै रह्यो, हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन भएन : महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन्।  

बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताए।  

उनले  भने, ‘जसोतसो संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं। संशोधन भएपनि मधेशी मधेशी नै रह्यो। जनजाति  जनजाति नै रह्यो, हेर्ने दृष्टिकोण, गरिने व्यवहारमा कहिले परिवर्तन भएन। संविधानले सहि उत्तर दिइरहेको छैन।’

उनले संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए। 

संविधान अनुसारका कानून नै नबनेको भन्दै उनले जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको जिकिर गरे।  

असोज २, २०८१ बिहीबार १७:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।