संविधान दिवसको अवसरमा लुम्बिनीमा प्रभातफेरी

संविधान दिवसको अवसरमा लुम्बिनीमा प्रभातफेरी

दाङ : लुम्बिनी प्रदेशमा संविधान दिवसकाे अवसरमा प्रभातफेरी निकालिएको छ।

प्रदेश राजधानी परिसरकाे मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रकाे परिक्रमा गरेकाे थियाे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायकाे झाँक्री सहभागी थिए।

अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरकाे प्रमुख आतिथ्यतामा मुल समाराेह चलिरहेको छ।

असोज २, २०८१ बिहीबार ०८:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।