गुलशनलाई प्लेयर अफ द म्याच अवार्ड

गुलशनलाई प्लेयर अफ द म्याच अवार्ड

काठमाडौं : अलराउन्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन्।

नेपाल एक विकेटले पराजित भएको खेलमा आक्रामक ब्याटिङ र कसिलो बलिङ गरेका कारण प्लेयर अफ द म्यायको अवार्ड जितेका हुन्।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको थियो। तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए।

जस क्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए।

खेलपछि उक्त अलराउन्डर प्रदर्शनमा टोलीले हारेको कारण आफू खुसी नभएको गुलशनले बताएका छन्।

‘म खुसी छैन। हामी जितको अवस्थामा हुन सक्थ्यौँ र तर हार्न पुग्यौँ। तर ठिकै छ’, गुलशनले भने।

असोज २, २०८१ बिहीबार ०८:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।