लुम्बिनी सरकारको कार्यविधिप्रति टेलिभिजन प्रसारक संघको असन्तुष्टि

लुम्बिनी सरकारको कार्यविधिप्रति टेलिभिजन प्रसारक संघको असन्तुष्टि

बुटवल : लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चारमाध्यमहरूलाई बिभेदपूर्ण ब्यबहार गरेको भन्दै लुम्बिनी प्रदेशका टेलिभिजनहरूले असन्तुष्टि जनाएका छन्। 

टेलिभिजन प्रशारकहरूको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई ध्यानाकर्षण पत्र बुझाउँदै पटक-पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले बेवास्ता गरी बिभेदपूर्ण ब्यबहार गरेकोले आफूहरूलाई चिन्तित गराएको उल्लेख गरे। 

संघका लुम्बिनी प्रदेश अध्यक्ष नरेश केसीले बिगतदेखि नै प्रदेश सभा सचिवालयले आफू निकटका सञ्चारमाध्यमहरूलाई मात्रै कार्यक्रम उत्पादन तथा प्रशारण गर्न मिल्ने गरी कार्यविधि बनाएर सूचना प्रकाशन गर्ने सम्झौता गरी कार्यक्रम दिने गरेको र यसपटक पनि सोही कार्य दोहोरिएको बताए। 

केसीले गतबर्ष नै सभामुख, उपसभामुख र प्रदेशसभा सचिवलाईसमेत भेटेर राखेका मागहरूका सम्बन्धमा गरेको प्रतिवद्धता आफैले बेवास्ता गरी यस बर्षपनि सूचना प्रकाशन गरी निश्चित सञ्चार गृहलाई मात्र रकम दिन थालिएको भन्दै उक्त सूचना रद्द गर्न विज्ञप्ति मार्फत माग गरेका छन्। 
 
प्रदेशसभा सचिवालयले निश्चित ४ वटा टेलिभिजनले बाहेक अरूले कार्यक्रम प्रशारण गर्न पाउनै नसक्नेगरी कार्यविधि बनाएर सूचना सार्वजनिक गरेको छ।  

असोज १, २०८१ बुधबार २२:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।