भक्तपुर थिमीको जिब्रो छेड्ने जात्रामा जे देखियो... (तस्बिरहरू)

भक्तपुर थिमीको जिब्रो छेड्ने जात्रामा जे देखियो... (तस्बिरहरू)
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : भक्तपुरको मध्यपुर थिमीमा आज परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। यस वर्ष मध्यपुर थिमी-४ का विरेन्द्रभक्त श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेका छन्। यसभन्दा अघि उनले २०७४ र २०७९ सालमा जिब्रो छेडाएका थिए। आज बेलकी वडा नम्बर-५ दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले पशुपतिनाथको दर्शन गर्ने तयारी छ।

जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धीप बोकेर खाली खुट्टा थिमीका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ। यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमीमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ।

जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ। यसरी जात्रा गर्नाले मध्यपुर थिमी क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ। मध्यपुर थिमीमा हरेक वर्ष आजका दिन र वैशाख दुई गते गरेर दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ।  

असोज १, २०८१ बुधबार २२:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।