सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइने

सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित, कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइने

काठमाडौं : सरकारले संसदीय छानबिन समितिले तयार पारेको सहकारी ठगी प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाउने निर्णय गरेको छ। 

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न अब प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालयसहितका निकायमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आजै सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। 

यसअघि, छानबिन समितिका सभापति सूर्य थापाले भदौ ३१ मा संसद्‌मा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए। 

संसदीय छानबिन समितिले सहकारीबाट रकम निकाल्ने क्रममा रास्वपा सभापति रवि लामिछानेको संलग्नता देखिएको भन्दै उनीसहित गितेन्द्रबाबु (जीबी) राई, छबिलाल जोशीलगायतलाई कारबाहीको सिफारिस गरेको छ।   

असोज १, २०८१ बुधबार २१:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।