जीडब्लुएम नेपालको ट्याङ्क ३०० र ट्याङ्क ५०० को बुकिङ खुला

जीडब्लुएम नेपालको ट्याङ्क ३०० र ट्याङ्क ५०० को बुकिङ खुला

काठमाडौं : जीडब्लुएम नेपालले आफ्नो ट्याङ्क ब्रान्डको बुकिङ खुला गरेको छ। यसमा लक्जरी ७ सिटर सुभ ट्याङ्क ५०० र ५ सिटर सुभ ट्याङ्क ३०० समावेश छन्, जसमा एचइभी प्रविधि समावेश गरिएको छ। 

ट्याङ्क ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा चेङ्गडु अटो शो मा डेब्यु गरेको थियो र चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। 

यो ब्रान्ड जीडब्लुएमको उच्च-स्तरीय अफ-रोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र सुभको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्ने बताइएको छ। 

ट्याङ्क ५०० र ट्याङ्क ३०० मोडलहरूलाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ।

जीडब्लुएमको नवाचार रणनीति अन्तर्गत ट्याङ्क ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राख्दछ। 

कम्पनीका अनुसार ट्याङ्क ३०० र ट्याङ्क ५०० नेपालमा २.० टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन्, जसमा ९-स्पीड स्वचालित ट्रान्समिसन भएको बताइएको छ। 

ट्याङ्क ३०० को मूल्य एक करोड ८५ लाख र ट्याङ्क ५०० को मूल्य दुई करोड २५ लाख रहेको कम्पनीले जनाएको छ। 

असोज १, २०८१ बुधबार २०:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।