सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो।

त्यसपछि ब्यूरोले उनलाई पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको हो। 

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।  

असोज १, २०८१ बुधबार १८:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।