सङ्खुवासभा : ट्याक्टर अरुण नदीमा खस्दा दुई जनाको मृत्यु

सङ्खुवासभा : ट्याक्टर अरुण नदीमा खस्दा दुई जनाको मृत्यु

काठमाडौं : सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा आज ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा प्रदेश १–०२००३ त १४३७  नम्बरको ट्याक्टर भीरबाट खस्दा त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा खाँदबारी नगरपालिका-८ विश्नेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। 

ट्याक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। 

नदीले बगाएको उक्त ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

असोज १, २०८१ बुधबार १५:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।