आम आदमी पार्टीले भन्यो- ‘केजरीवालले एक साताभित्र मुख्यमन्त्री निवास छाड्छन्’

आम आदमी पार्टीले भन्यो- ‘केजरीवालले एक साताभित्र मुख्यमन्त्री निवास छाड्छन्’

एजेन्सी : आम आदमी पार्टीका राज्यसभा सांसद तथा नेता सञ्जय सिंहले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पाएका सबै सरकारी सुविधा छाड्ने बताएका छन्।

पत्रकार सम्मेलनमा सञ्जय सिंहले भने, ‘मुख्यमन्त्रीलाई धेरै सरकारी सुविधा दिइन्छ। अरविन्द केजरीवालले पनि ती सबै पाए। तर, राजीनामा दिएपछि सबै सुविधा त्याग्ने निर्णय पनि गर्छन्।’

सञ्जय सिंहले अरविन्द केजरीवालले एक साताभित्र मुख्यमन्त्री निवास खाली गर्ने बताएका छन्। यो निर्णयले उनको सुरक्षामा पनि प्रश्न खडा गरेको भन्दै सिंहले उनी आम जनताको बीचमा बस्ने बताए।

तिहाड जेलबाट बाहिर आएपछि अरविन्द केजरीवालले सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए। यसपछि १७ सेप्टेम्बरमा आतिशी दिल्लीमा विधायक दलको नेता चुनिए।

अरविन्द केजरीवालले मुख्यमन्त्री पदका लागि अतिशीको नाम प्रस्ताव गरेका थिए। यसपछि १७ सेप्टेम्बरको साँझ उनले लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाएका थिए।

असोज १, २०८१ बुधबार १३:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।