म्यानमारमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित

म्यानमारमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित

एजेन्सी : चक्रवात ‘यागी’का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।

बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको छ। ८० भन्दा बढी मानिस अझै बेपत्ता छन्।

‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी पनि हो।

आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ।

यागीका कारण म्यानमारमा बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ। धेरै गाउँ डुबानमा परेका छन्।

साथै म्यानमारमा अधिकांश जमिनमा लगाएको बाली पनि नष्ट भएको छ। यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघले ‘यागी’ नामको आँधीले म्यानमारको राजधानी नेपिडावसहित थप नौ राज्यमा विनाश गरेको जनाएको छ। म्यानमार पनि २०२१ देखि गृहयुद्धको सामना गरिरहेको छ।

असोज १, २०८१ बुधबार १३:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।