बजाजको एनएस २०० को बिक्री सुरू, कति पर्छ मूल्य?
काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ।
बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ।
यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ। यसमा लागि ६ स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ।
मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण डिजिटल कन्सोल हो, जसमा टर्न-बाई-टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट र इन्धन खपतको डेटा देखाइन्छ। अपसाइड-डाउन फ्रन्ट फोर्क्स र डुअल-च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ।
स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर-टु-वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ। यसको मूल्य ४ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ।
असोज २, २०८१ बुधबार १०:२७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।