घरासयी र कर्पोरेट प्रयोजनका लागि लाभदायक ‘स्मार्ट दाइ’ एप सार्वजनिक

घरासयी र कर्पोरेट प्रयोजनका लागि लाभदायक ‘स्मार्ट दाइ’ एप सार्वजनिक

काठमाडौं : सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले घरासयी तथा कर्पोरेट प्रयोजनका लागि लाभदायक ‘स्मार्ट दाइ’ एप्लिकेशन सार्वजनिक गरेको छ।

भदौ २९ गते काठमाडौंमा एक कार्यक्रमका बीच एप्लिकेशन सार्वजनिक गरिएको हो।

शहरी क्षेत्रमा घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधानका लागि एप्लिकेशन ल्याइएको कम्पनीकी अध्यक्ष मीता मुरारका अग्रवालले जानकारी दिइन्।

स्मार्ट दाइ एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङ मेसिन, फिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू पाउन सकिने छ।

एप्लिकेसनले आफैँ सेवा दिने नभएर सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्धसेतुको कार्य गर्नेछ।

प्लेस्टोर तथा एपस्टोरबाट डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा एप्लिकेशन चलाउन सकिन्छ। साथै कम्पनीको वेबसाइट स्मार्टदाइ डटकमबाट पनि यो सेवा प्राप्त गर्न सकिन्छ।

असोज २, २०८१ बुधबार १०:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।