टेलिकमले ल्यायो संविधान दिवसको अफर, ४९ रुपैयाँमा अनलिमिटेड डेटा
काठमाडौं : नेपाल टेलिकमले संविधान दिवसको अवसरमा ग्राहकका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ।
अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्नका लागि एक सय मिनेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी डेटा प्याकेज अन्तर्गत एक सय ११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा र तीन सय ९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ।
यही अफर अन्तर्गत सात सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ।
असोज १, २०८१ बुधबार १०:०१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।