च्याम्पियन्स लिगमा रियल मड्रिडको शानदार सुरूवात, एम्बाप्पेले पनि गरे गोल

च्याम्पियन्स लिगमा रियल मड्रिडको शानदार सुरूवात, एम्बाप्पेले पनि गरे गोल

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छ। 

रियलले मंगलबार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे। स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काए।

४६औं मिनेटमा एमबाप्पेको गोलमा रियलले अग्रता लिएको थियो। रोड्रिगोको पासमा एमबाप्पेले गोल गरेका थिए।

स्टुडगार्डका लागि ६८औं मिनेटमा जेमी लेवेलिंगको असिस्टमा अन्डाभले बराबरी गोल फर्काए।

८३औं मिनेटमा लुका मोड्रिडको पासमा रुडिगरले गोल गरेपछि रियलले दोस्रो पटक खेलमा अग्रता लियो। इन्ज्युरी समयमा एन्ड्रिकले गोल गर्दै रियलको जित निश्चित गरे।

च्याम्पियन्स लिगमा भएका अन्य खेलमा बायर्न म्युनिख, लिभरपुल, स्पोर्टिङ सिपी, युभेन्टस र एस्टन भिल्लाले विजयी पनि विजयी सुरुवात गरेका थिए।

असोज १, २०८१ बुधबार ०९:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।