एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

काठमाडौं : नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेलले आफ्ना सबै सामजिका कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउना लागि एनसेल फाउन्डेसन स्थापना गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जानकारी दिए।

थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको उनले बताए। फाउन्डेसनले सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने उदेश्य राखेको छ।

२०७२ सालको विनाशकारी भूकम्प, कोरोना महामारी, जाजरकोट भूकम्प, बाढीपीडितका लागि राहत तथा पुनर्स्थापनाका लागि कम्पनीले अहिलेसम्म अर्बौं रुपैयाँ सहयोग गरेको छ।

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तिमा २० करोड सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

‘एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन। सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढ्छ’, जाब्बोरले भने।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ। यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन्।

सन् २००५ सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो। नेपालको ठूलो करदाताको रूपमा एनसेलले आफ्नो स्थापना कालदेखि आजसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्कहरू सरकारलाई बुझाइसकेको छ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्ड देखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पूरा गर्न नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको छ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ।

असोज १, २०८१ बुधबार ०९:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।