लेबनानमा श्रृंखलाबद्ध विस्फोट हुँदा ११ जनाको मृत्यु, इरानी राजदूतसहित चार हजार जना घाइते

लेबनानमा श्रृंखलाबद्ध विस्फोट हुँदा ११ जनाको मृत्यु, इरानी राजदूतसहित चार हजार जना घाइते

एजेन्सी : लेबनानमा हिजबुल्लाहका लडाकुहरूको पेजर मेसिनका कारण भएको श्रृंखलाबद्ध विस्फोटमा एक बालिकासहित ११ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आठ हिजबुल्लाहका लडाकुसमेत रहेका छन्।

आक्रमणमा चार हजारभन्दा बढी मानिस घाइते भएका छन्। जसमध्ये चार सयको अवस्था गम्भीर छ।

घाइते हुनेमा लेबनानका लागि इरानका राजदूत पनि छन्। उनकी श्रीमतीले उनको अवस्था सामान्य रहेको बताएकी छन्।

यो घटनाको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ। हिजबुल्लाहले पनि आक्रमणको लागि ‘शत्रु’ इजरायल जिम्मेवार रहेको बताएको छ।

यस विषयमा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको बताइएको छ।

पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो। यसमा सानो स्क्रिन र सीमित किप्याड हुन्छ। यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ।

अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजार भन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ।

लेबनान पेजर आक्रमणमा हिजबुल्लाह सांसदका छोराको पनि मृत्यु भएको छ। हिज्बुल्लाहका एक अधिकारीले रोयटर्सलाई दुई वरिष्ठ अधिकारीका छोराहरू पनि घाइते भएको बताए।

हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिए पनि हिजबुल्लाहले त्यसलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका एक अधिकारीले रोयटर्ससँग कुरा गर्दै नसरल्लाहलाई आक्रमणमा कुनै क्षति नभएको बताए।

केराका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं मानिस घाइते भएको पुष्टि गरेका छन्। अबियाडका अनुसार अधिकांश व्यक्तिको हातमा चोट लागेको छ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ। स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ।

असोज १, २०८१ बुधबार ०८:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।