विश्वकप लिग-२ क्रिकेट अन्तर्गत आज नेपाल र ओमान भिड्दै

विश्वकप लिग-२ क्रिकेट अन्तर्गत आज नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ को क्यानडामा जारी त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ।

क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौं स्थानमा छ।

ओमान चार खेलमा एक जित र दुई हारका साथ ३ अङ्कसहित छैटौं स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।

विश्वकप सन् २०२७ को छनोटको रूपमा रहेको लिग-२ मा आठ टोली सहभागी छन्। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।

असोज १, २०८१ बुधबार ०७:३८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।