सामाजिक सञ्जालमा हतियार देखाएर मानिसहरूलाई आतंकित गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा हतियार देखाएर मानिसहरूलाई आतंकित गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाएर पोस्ट गर्दै मानिसहरूलाई आतंकित गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

मंगलबार वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेललाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान भइरहेको जनाएको छ। 

भदौ ३१, २०८१ मंगलबार १६:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।