बालेनको टिसर्ट लगाएर बसन्तपुर गएका १३ जना पक्राउ, प्रहरी भन्छ- 'व्यवहार शंकास्पद देखियो'

बालेनको टिसर्ट लगाएर बसन्तपुर गएका १३ जना पक्राउ, प्रहरी भन्छ- 'व्यवहार शंकास्पद देखियो'
तस्बिर : राजेन मानान्धर

काठमाडौं : इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बालेनको टिसर्ट लगाउनेहरूको ब्यबहार शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताए। 

'उनीहरूको व्यवहार शंकास्पद देखिएकाले उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो', उनले भने। 

आज बसन्तपुर क्षेत्रमा इन्द्रजात्रा हुँदैछ। त्यसका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

जात्रामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम छ। 

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल लगायत जात्रामा उपस्थित भइसकेका छन्।  

प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ। 

भदौ ३१, २०८१ मंगलबार १५:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।