दुई महिनामा उठ्यो १ खर्ब ६९ अर्ब रूपैयाँ राजस्व

दुई महिनामा उठ्यो १ खर्ब ६९ अर्ब रूपैयाँ राजस्व

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ६९ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। 

सरकारले गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो। साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। 

भदौ ३१, २०८१ मंगलबार १५:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।