साउन महिनामा वाणिज्य बैंकहरूको नाफा नौ अर्ब बढी

साउन महिनामा वाणिज्य बैंकहरूको नाफा नौ अर्ब बढी

काठमाडौं : साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख नाफा आर्जन गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूले ७.६४ प्रतिशतले नाफा बृद्धि गरेका हुन्।

साउन महिनामा नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा छ। यो बैंकले साउन महिनामा ८९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ। कृषि विकास बैंक नाफा आर्जन गर्ने बैंकको तालिकामा तेस्रो स्थानमा छ। यो बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ।

यस्तै, हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ।

त्यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको हो।

असोज १, २०८१ मंगलबार १३:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।