एनआईसी एसिया बैंकका कार्ड प्रयोगकर्तालाई लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा ३५ प्रतिशतसम्म छुट
काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्तालाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा विभिन्न सेवाहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ।
नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट तथा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको छ।
छुट प्रदान गर्ने विषयमा दुई पक्षबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।
यस्तै स्पा सेवामा भिसा डेबिट कार्ड र मास्टरकार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरूले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा क्रेडिट कार्ड तथा मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन्।
छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्म लागू हुनेछ।
‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ। यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ।
असोज १, २०८१ मंगलबार ०८:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।