धनगढीका मेयरले किने १ करोड १० लाखको विद्युतीय सवारी

काठमाडौं : धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विद्युतीय सवारी खरिद गरेका छन्।
उनले स्काईवेलको ईटी-५ विद्युतीय गाडी खरिद गरेका छन्।
उक्त गाडी उनले एक साताअघि काठमाडौंमा भएको नाडा अटो शोमा उक्त गाडी बुकिङ गरेको जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालले जानकारी दिए।
अटो शोमा स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जी मोटर्सले स्काईवेल ईटी-५ प्रदर्शनीमा राखेको थियो।
एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दाबी गरिएको स्काईवेल ईटी-५ को मूल्य १ करोड १० लाख रुपैयाँ छ।
यसमा ८६ किलोवाट क्षमताको ब्याट्री प्याक छ।
भदौ ३१, २०८१ सोमबार २३:३९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।