शिव परियारको गीत रिलिजमा पून्य गौतम प्रमुख अथिति

शिव परियारको गीत रिलिजमा पून्य गौतम प्रमुख अथिति

काठमाडौं : कुनै पनि कार्यक्रम गर्दा त्यसका प्रमुख अथिति सम्मानित एवं त्यस क्षेत्र बुझेको हुनुपर्ने मान्यता छ। तर शिव परियारको नयाँ गीत रिलिज कार्यक्रममा युटुबमा बोलेर भाइरल भएका पुन्य गौतमलाई प्रमुख अतिथि बनाइएको छ।

सोमबार दिउँसो अनामनगरको सिलौटो रेस्टुरेन्टमा गायक शिव परियारको ‘आमा’बोलको गीतको भिडियो रिलिज कार्यक्रम राखिएको थियो। कार्यक्रमा गायक परियारका अलावा गायिका उषा गजुरेल र निर्देशक निकेश खड्का पनि साथमै थिए।

परियारले गीतको भ्यूज बढाउनकै लागि पुन्य गौतमलाई ल्याएको स्पष्टै थियो। पत्रकारलाई प्रमुख अथिति छ नभनि बोलाइएको कार्यक्रममा उनी नै अथिति भन्ने पक्कापक्की भएपछि सिटमा बसेकाहरू पनि बाहिरिए।

कार्यक्रममा गौतमले शिव परियारको बखान गरे। उनले शिवको हिट गीत ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’को चर्चा गर्दा शिव मुसुमुसु हासिरहेका थिए। सायद उनलाई लाग्यो होला पछिल्लो समय आफ्ना गीतले चर्चा नपाइरहेको अवस्थामा पुन्यलाई ल्याउँदा गीत हिट भइहाल्छ कि!

भदौ ३०, २०८१ सोमबार २२:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।