क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, आरिफ र अनिलसहित चार खेलाडी बेन्चमा

क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, आरिफ र अनिलसहित चार खेलाडी बेन्चमा

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडाविरुद्धको खेलमा पहिले बलिङ गर्दैछ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएको हो।

आजको खेलमा आरिफ शेखसहित अनिल शाह, रिजन ढकाल र अर्जुन साउदलाई बेन्चमा राखेको छ।
 
त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन्। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ।

नेपालको प्लेईङ-११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

भदौ ३०, २०८१ सोमबार २१:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।