एक घण्टा पछि सर्‍यो नेपाल र क्यानडाबीचको खेल

एक घण्टा पछि सर्‍यो नेपाल र क्यानडाबीचको खेल

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र क्यानडाबीचको एकदिवसीय खेल पूर्व निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु हुने भएको छ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुने बताइएको खेल अब ८:४५ बजे सुरु हुने भएको हो।

त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन्। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ।

भदौ ३०, २०८१ सोमबार १९:२४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।