अस्पतालको अध्यक्ष बन्न नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सिंहविरुद्ध मुद्दा दायर

अस्पतालको अध्यक्ष बन्न नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सिंहविरुद्ध मुद्दा दायर

काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर डडेल्धुरा अस्पताल विकास समितको अध्यक्ष भएको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमरगढी नगरपालिका-२ सोलपारीका लक्ष्मण सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

शैक्षिक योग्यताका प्रमाण पत्रहरू नक्कली भएको र योग्यता ढाँटेर नियुक्ति भएको उजुरीका आधारमा अख्तियारले गरेको छानविनमा नक्कली देखिएपछि आयोगले सिंहविरुद्ध विशेष अदालतम मुद्दा दायर गरेको हो।

अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन/नियुक्ति हुनका लागि सिंहले ईन्टरमिडियट र स्नातक तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरेको आयोगको दाबी छ।

उनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको माग गरिएको  आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

भदौ ३१, २०८१ सोमबार १९:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।