कांग्रेस लुम्बिनी प्रदेश सचेतक गिरीद्वारा राजीनामा

कांग्रेस लुम्बिनी प्रदेश सचेतक गिरीद्वारा राजीनामा

दाङ : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन्।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन्।

गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो। करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन्।

वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी रहेकाले मन्त्री बन्नका लागि राजीनमा दिएको हुनसक्ने बुझिएको छ।

भदौ ३०, २०८१ सोमबार १८:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।