सिटी एक्सप्रेसको चाडपर्व योजना, पठाएको १८ गुणासम्म रकम पाउने अवसर

सिटी एक्सप्रेसको चाडपर्व योजना, पठाएको १८ गुणासम्म रकम पाउने अवसर

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेशको अवसरमा ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी उपहार पाउनेछन्।

यसका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ।

योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी हुनेछन्।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।

भदौ ३०, २०८१ सोमबार १७:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।