नयाँ बन्ने संरचनालाई अपांगमैत्री बनाउन आवश्यक छ तर, स्रोतको अभाव छ : स्वास्थ्यमन्त्री

नयाँ बन्ने संरचनालाई अपांगमैत्री बनाउन आवश्यक छ तर, स्रोतको अभाव छ : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपांगमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित ‘द व्हिलचियर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपांगमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले पहल गरिरहेका बताए।

उनले भने, ‘राज्यका संरचना, पूर्वाधारहरू अपांगमैत्री हुनुपर्छ भन्ने कुरा यहाँहरूले पनि उठाइरहनु भएको छ। बनिसकेको पूर्वाधारलाई त्यस अनुसार विकास गर्न पनि श्रोत सुनिश्चित हुनुपर्यो। नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपांगमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ।’

उनले बनिसकेको पूर्वाधारलाई अपांगमैत्री विकास गर्न स्रोतको अभाव रहेको बताए। स्रोतको अभावका बाबजुद सरकार पूर्वाधारलाई अपांगमैत्री बनाउन निरन्तर लागिरहेको उनको भनाई छ। 
 
उनले भने, ‘सबैभन्दा ठूलो समस्या स्रोतले गरिरहेको छ। त्यसमा निरन्तर लागिरहने र खास विषयहरूलाई गहिराइमा बुझ्ने हाम्रो प्रयास रहन्छ।’ 

भदौ ३०, २०८१ सोमबार १३:२६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।