सशस्त्रले निकाल्यो धोबीखोलामा खसेको ट्याक्सी

सशस्त्रले निकाल्यो धोबीखोलामा खसेको ट्याक्सी

काठमाडौं : काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट धोबीखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ। 

थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

आइतबार राति भारी वर्षापछि बा.२ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो। चालक मात्र भएको ट्याक्सी बगाएर केही तल पुर्याएको थियो। 

ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई घटना भएको केहि मिनेटमै प्रहरीले उद्धार गरेको थियो। 

भदौ ३०, २०८१ सोमबार ११:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।