विश्वकप लिग -२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

विश्वकप लिग -२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग -२ कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। 

नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरू हुने खेल क्यानडाको ओन्टारियोमा खेलाइनेछ। क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ।  

भारत र श्रीलंकामा गरेको तयारी, टी-२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ। 

क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ। 

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। 

तेस्रो खेलमा असोज ६ मा क्यानडाको सामना गर्दा असोज ८ मा ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। 

ओडिआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने छन्।  

भदौ ३०, २०८१ सोमबार ०८:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।