ला लिगामा बार्सिलोनाको अपराजित यात्रा : जिरोनालाई ४-१ गोलले हरायो, यामालले गरे २ गोल

ला लिगामा बार्सिलोनाको अपराजित यात्रा : जिरोनालाई ४-१ गोलले हरायो, यामालले गरे २ गोल

एजेन्सी : स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्दै जिरोनाविरुद्ध ४-१ को सहज जित निकालेको छ।

आइतबार जिरोनाको मैदान मोन्टिलिभीमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन युवा फरवार्ड लामिन यामालले दुई गोल गरे। पेड्री र ड्यानी ओल्मोले समान एक गोल थपे।

घरेलु टिमका क्रिस्थियन स्टुएनीले एक गोल फर्काए।

खेलको ३०औँ मिनेटमा यमलको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यसको सात मिनेटपछि यामालकै गोलमा पाहुना टिमले अग्रता दोब्बर बनायो। 

४७औँ मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ३-० मा पुर्याएको थियो। ६४औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रतालाई ४-० मा पुर्याए।

निर्धारित समय सकिन १० मिनेट बाँकी हुँदा घरेलु टिमका स्टुएनीले सान्त्वना गोल फर्काएका थिए। ८६औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। 

जारी सिजन हेन्सी फ्लिकको प्रशिक्षणमा क्याटालन क्लब अपराजित छ। बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ। रियाल मड्रिडले  समान खेलबाट ११ अंक जोडेको छ।

लिगमा दोस्रो हार बेहोरेको जिरोना भने सात अंकसहित तालिकाको सातौं स्थानमा छ। 

भदौ ३०, २०८१ सोमबार ०८:१६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।