प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं : नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ। 

बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

यसअघि भदौ २८ को बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो।

आगामी असोज २० देखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो।  

भदौ ३०, २०८१ सोमबार ०८:०६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।