पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

काठमाडौं : पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन्। 

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो। 

पुस्तक नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र  एमालेका महासचिव शंकर पोखरेलले विमोचन गरे। 

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका छन्। 

शर्माले ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन्। 

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ। 

भदौ २९, २०८१ आइतबार १६:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।