कुपन्डोलमा हिजो भासिएको सडक मर्मत, चल्न थाले सवारी
ललितपुर : शनिबार अपराह्न कुपन्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्।
आज बिहान नौ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो। मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो।
शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।
मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डेले जानकारी दिए।
भदौ २९, २०८१ आइतबार ०९:५८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।