कोलकाता बलात्कार प्रकरण : आरजी कार अस्पतालका पूर्व प्रधानाध्यापक सन्दीप घोष र प्रहरी चौकी इन्चार्ज पक्राउ

कोलकाता बलात्कार प्रकरण : आरजी कार अस्पतालका पूर्व प्रधानाध्यापक सन्दीप घोष र प्रहरी चौकी इन्चार्ज पक्राउ

एजेन्सी : भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा पूर्व प्रधानाध्यापक सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई पक्राउ गरेको छ।

प्रमाणसँग छेडछाड गर्ने, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा सीबीआईले शनिबार राति उनलाई पक्राउ गरेको हो। अब यी दुवै अभियुक्तलाई आइतबार अदालतमा पेश गरिने एक सीबीआई अधिकारीले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सीबीआई हिरासतमा छन्। हाल उनलाई २३ सेप्टेम्बरसम्म कारागारमा न्यायिक हिरासतमा राखिएको छ। अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ।

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध पहिलो दिनदेखि नै मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो।

त्यस्तै यसअघि नै घोषविरुद्ध अप्राकृतिक मृत्युको मुद्दामा दर्ता भएको थियो। शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो।

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन्। उनी हाल सीबीआईको हिरासतमा छन्। अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन्।

घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ। यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा भदौ ५ गते निजी अस्पतालमा भर्ना भएका थिए।

उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो। बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआई स्रोतले जनाएको छ।

भदौ २९, २०८१ आइतबार ०९:५४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।