काठमाडौंको मैतिदेवीमा रोजगार मेला, २५० विद्यार्थीको सहभागिता

काठमाडौंको मैतिदेवीमा रोजगार मेला, २५० विद्यार्थीको सहभागिता

काठमाडौं : युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले ‘फिनिक्स करिअर कनेक्शन २०८१’ र ‘युनिभर्सल करिअर लिंक २०८१’ नामक रोजगार मेला आयोजना गरिएको छ।
 
राजधानीको मैतीदेवीस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामिक्स प्रालिसँगको संयुक्त आयोजनामा रोजगार मेला सम्पन्न भएको हो।

कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजित गरिएको थियो। जसमा बायोडाटा लेखन, अन्तवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परिदृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए।

मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए। यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई–कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए। 

कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने लगभग ५६० भन्दा बढी वास्तविक समयमा अन्तवार्ता सम्पन्न गरिएको थियो।

रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ।

भदौ २८, २०८१ शनिबार २१:०४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।