चितवनमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवनमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन : नारायणगढ-मुग्लिन सडकमा आज सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१ रामनगरका ६४ वर्षीय राम थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बर को ‘पिकअप गाडी’लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बर को बसले ठक्कर दिएको थियो। 

बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको हो। 

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

भदौ २८, २०८१ शनिबार २०:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।