सुनिता र बुचद्वारा अन्तरिक्षबाटै पत्रकार सम्मेलन

सुनिता र बुचद्वारा अन्तरिक्षबाटै पत्रकार सम्मेलन

एजेन्सी : एक सय  दिनसम्म अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पत्रकार सम्मेलन गरेका छन्।

नेपाली समयअुनसार शुक्रबार राति साढे १२ बजे उनीहरूले पत्रकार सम्मेलन गरेका हुन्। त्यसक्रममा सुनिता र बुचले धेरै प्रश्नको जवाफ दिएका थिए।

यसैबीच दुवैले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन्।

भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित सुरू गरिएको छ। यो महत्त्वपूर्ण कर्तव्य हो। नासाले हामी कसरी भोट गर्न सक्छौं भनेर काम गरिरहेको छ।’

सुनिता विलियम्सले आफू अन्तरिक्षबाट भोट गर्न उत्साहित भएको बताइन्। ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरेको बताए।

आफूहरूविना स्टारलाइनर फर्किएको देख्दा दु:ख लागे पनि आफूहरू यो अवस्थामा लागि तयार भएर आएको उनीहरूको भनाइ थियो।

सुनिताले आफूलाई अन्तरिक्ष मनपर्ने बताउँदै यो आफ्नो लागि खुसीको ठाउँ भएको बताइन्। उनले आवश्यकताअनुसार आफूहरू अन्तरिक्षमा १० महिनासम्म बस्न सक्ने जानकारी दिइन्।

पृथ्वीमा कुराकानी गर्दै बुचले आफू साढे चार बजे उठ्ने बताउँदै सुनिता भने साढे छ बजेसम्म सुत्ने गरेको बताए। अन्तरिक्षमा बस्दा हड्डीको घनत्व घट्ने समस्यासँग जुध्न दुवैले दुई घण्टा व्यायाम गरिरहेका छन्।

बुचले स्टारलाइनरको पहिलो परीक्षण पाइलटको हैसियतमा अन्तरिक्षमा लामो समय बिताउनुपर्ला भन्ने आशा नगरेको बताए। यद्यपस समस्या आउन सक्छ भन्नेबारे आफू जानकार रहेको उनको भनाइ छ।

जुन ५ मा अन्तरिक्ष स्टेशनका लागि उडान भरेका सुनिता र बुच ६ जुनमापुगेका थिए। उनीहरू १३ जुनमा फर्कने तालिका थियो। तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरू नफर्किएका हुन्।

अब उनीहरू दुवै सन् २०२५ मा मात्रै फर्किने सम्भावना छ।

भदौ २८, २०८१ शनिबार ११:५३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।