अमेरिकी निर्वाचनको सन्दर्भमा पोपले भने- ‘दुवै खराब छन्, कम खराबलाई मतदान छनोट गर्नू’
एजेन्सी : क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति पदका दुवै प्रमुख उम्मेदवारलाई ‘जीवन विरुद्ध’का मानिसहरूको संज्ञा दिएका छन्।
उनले क्याथोलिक मतदाताहरूलाई नोभेम्बरको चुनावमा मतदान गर्दा ‘कम खराब’लाई छनौट गर्न सल्लाह दिएका छन्।
ट्रम्पले आप्रवासीलाई स्वागत नगर्नु ‘गम्भीर’ पाप भएको पोपको भनाइ छ। यसबाहेक उनले गर्भपतनमा कमला ह्यारिसको अडानलाई ‘हत्या’सँग तुलना गरेका छन्।
ह्यारिसले गर्भपतनको विषय आफ्नो चुनावी अभियानको केन्द्रबिन्दुमा राखेकी छन्। उनले गर्भपतनलाई कानूनी मान्यता दिने भन्दै राष्ट्रव्यापी रूपमा प्रजनन अधिकारलाई सुरक्षित गर्ने कानूनमा जोड दिएकी छन्।
‘दुवै जना जीवनको विरुद्धमा छन्, चाहे त्यो आप्रवासीहरूलाई निष्कासन गर्ने होस् वा बच्चाहरूलाई मार्ने हो,’ पोपले दक्षिणपूर्वी एसियाको १२ दिने भ्रमण समाप्त गर्दै शुक्रबार पत्रकार सम्मेलनमा भने।
पोपले आफ्नो टिप्पणीमा ह्यारिस वा ट्रम्पको नाम उल्लेख गरेनन्।
विश्वव्यापी रूपमा एक अर्ब ४० करोड क्याथोलिकहरू मध्ये, ५२ करोड अमेरिकी क्याथोलिकहरू छन्।
भदौ २९, २०८१ शनिबार ११:०७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।