महानन्द चोकमा हत्या गरिएकी १९ वर्षीया किशोरीको पहिचान खुल्यो, छुरा प्रहार गर्ने प्रेमी भएको खुलासा

महानन्द चोकमा हत्या गरिएकी १९ वर्षीया किशोरीको पहिचान खुल्यो, छुरा प्रहार गर्ने प्रेमी भएको खुलासा

झापा : अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी किशोरीको पहिचान खुलेको छ।

हत्या गरिएकी किशोरी इलाम फिक्कलकी १९ वर्षीया मनिशा लोहार भएको  खुलेको हो।

त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली स्थायी ठेगाना भएका २० वर्षीय अनिल विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ ७ बजे उनको मृत्यु भएको हो।

उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो। छुरा प्रहार गर्ने विक पनि घाइते छन्। उनलाई उपचारको  लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ।

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन्। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।

दुवैजना प्रेमी-प्रेमिका रहेको बुझिएको छ।

भदौ २८, २०८१ शनिबार ०९:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।