जम्मू कश्मीरको किश्तवाडमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा दुई सैनिकको मृत्यु
एजेन्सी : जम्मू कश्मीरको किश्तवाडमा शुक्रबार सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ।
यी सैनिकहरू नायब सुभेदार विपन कुमार र जवान अरविन्द सिंह हुन्। शनिबार बिहान पनि जम्मु कश्मीरको बारामुल्लामा भारतीय सेना र जम्मु कश्मीर पुलिसले संयुक्त अभियान चलाइरहेका छन्।
यसबारे जानकारी दिँदै भारतीय सेनाको चिनार कोरले एक्समा भन्यो, ‘आतंकवादीहरूको उपस्थितिको बारेमा विशेष सूचनाको आधारमा, भारतीय सेना र जम्मू कश्मीर पुलिसले बारामुल्लाको चक टप्पर क्रीरी क्षेत्रमा १३ र १३ सेप्टेम्बरको रातमा संयुक्त अभियान सुरु गरेको छ। झडप पछि गोलीबारी सुरु भयो। अपरेशन अझै जारी छ।’
सेना प्रमुख उपेन्द्र द्विवेदीले किश्तवाडमा मारिएका सैनिकलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
भारतीय सेनाले ट्वीटरमा लेख्यो- ‘सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सबै सेना अधिकारीहरूले बहादुर नायब सुभेदार विपन कुमार र सिपाही अरविन्द सिंहको सर्वोच्च बलिदानलाई सलाम गर्दछन्। उनीहरू शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछन्।’
भदौ २९, २०८१ शनिबार ०८:३८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।