‘गाइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४’ भृकुटीमण्डपमा जारी
काठमाडौं : विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गदै यसै क्षेत्रमा केन्द्रित गाइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
होटल रेस्टुरेन्ट, पार्टी प्यालेस, खाजा/खान घर, सडकपेटी का खाजा बिक्रेता र किराना पसलहरू विगत बीस वर्षमा अनपेक्षित रुपमा धेरै बढेका छन्। खाद्य तथा पेय पदार्थ को क्षेत्रमा कुल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन्।
यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन्। खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन्।
त्यसैगरी, पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको महत्वपूर्ण लगानीले नेपालको आतिथ्य उद्योगले उल्लेखनीय वृद्धि पाइरहेको छ। आगामी केहि वर्षभित्र नै ३ देखि ५ तारे स्तरको २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन्।
विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ। कोभिड-१९ महामारीपछि पर्यटक आगमनमा भएको सुधारका कारण हालैका वर्षहरूमा, नेपालका लक्जरी होटल सञ्चालकहरूले नाफामा पुन: वृद्धि देखेका छन्।
नेपाल सरकारले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध फुकुवा गरे पनि खाद्य तथा पेय पदार्थको माग अत्याधिक बढेको छ। नेपाल सरकारले आठ देश चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी र स्पेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।
यो खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्नेछन्। गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ।
गाइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग पाँच हजार ब्रान्डहरू, तीन सय कम्पनीहरू र दुई हजार पाँचसय वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरू लाई स्थान प्रदान गर्नेछ।
गाइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ।
भदौ २९, २०८१ शनिबार ०८:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।