महिला डाक्टर बलात्कार-हत्या प्रकरण : मुख्यमन्त्री राजीनामा दिन तयार, सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो
एजेन्सी : केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ।
आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो। नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ।
यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ।
यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन्।
बिहीबार पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले जारी विरोधकाबीच आफ्नो पदबाट राजीनामा दिन तयार भएको घोषणा गरिन्।
'म पश्चिम बङ्गालको मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छु। मलाई पदको चिन्ता छैन। म पीडितको न्याय चाहन्छु। मलाई सर्वसाधारणलाई चिकित्सा सेवा पाउनेमा चिन्ता छ, उनले भनिन्।
उनले आन्दोलनरत चिकित्सकलाई कुनै कारबाही नहुने पनि आश्वासन दिइन्।
भदौ २८, २०८१ शुक्रबार २१:०५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।