राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित बने वर्षका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित बने वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई प्रदान गरिएको छ। 

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्ड समारोहमा रोहित वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिए। रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए।

यस विधाको मनोनयनमा रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ थिए।

नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ।

भदौ २७, २०८१ शुक्रबार १९:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।