कोशीमा कांग्रेसका तीनजना मन्त्री बन्दा शेखर-गगन समूहले एउटा पनि पाएन

कोशीमा कांग्रेसका तीनजना मन्त्री बन्दा शेखर-गगन समूहले एउटा पनि पाएन

काठमाडौं : तीन मन्त्री र एक राज्यमन्त्री पाएसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भयो। चारै जना मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिइसकेका छन्। 

सांसद भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए।

खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बन्दा भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्री पाएकी छन्।

हाङ्गाम र मण्डल सभापति शेरबहादुर देउवा समूहका हुन्। त्यसमा पनि मण्डलका लागि सुनसरीकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले पहल गरेका हुन्। 

राई र राजवंशी भने नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। 

तरपनि आफ्नै प्रदेशमा नेता डा. शेखर कोइराला-महामन्त्री गगन थापा समूहबाट कोही पनि मन्त्री बनेका छैनन्। 

गएको महाधिवेशनमा शेखर र सुजाता कोइरालाले मतदान नगरेपछि दुई मतले शेखर-गगन थापा समूहका नेता गुरुराज घिमिरे देउवा समूहका उद्वब थापासँग प्रदेश सभापति हारेपछि कोशीमा शेखर-गगन समूह कमजोर भएको नेताहरूको टिप्पणी छ। 

भदौ २७, २०८१ शुक्रबार १५:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।