बानेश्वरमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी

बानेश्वरमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी

काठमाडौं : बानेश्वरमा नेपालको एतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरू भएको छ।

छ जना कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले तीन दिन जिरी बसाइको क्रममा देखेभोगेका अनुभवलाई कलाकृति मार्फत देखाएका छन्।

प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन्।

जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्न सकिने ‘क्यानभासमा जिरी’ कला प्रदर्शनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरि चित्र सृजना गरेका छन्।

प्रदर्शनी २०८१ साल भदौ २८ गते देखि भदौ ३० गतेसम्म उमोजा क्याफे, एन.बि सेन्टर नयाँ बानेश्वरमा सञ्चालनमा रहनेछ।

भदौ २७, २०८१ शुक्रबार १४:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।