तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी कांग्रेसको सत्तारोहण

तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी कांग्रेसको सत्तारोहण

विराटनगर : तीन मन्त्री र एक राज्यमन्त्री पाएसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले शुक्रबार  पद तथा गोपनीयताको शपथ लिएका छन्।

सांसद भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बन्दा भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्री पाएकी छन्।

भदौ २७, २०८१ शुक्रबार १२:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।